थारुतर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी र पी.क्षे. मा बद्री पाण्डे निर्वाचित
काठमाडौं। नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सहमहामन्त्री पदमा उमाकान्त चौधरीको निर्वाचित भएका छन् भने पीछडिएका क्षेत्र तर्फबाट बद्री पाण्डे निर्वाचित भएका हुन् ।
पछिल्लो मत परिणाम अनुसार ४३६८ मत गन्दा उमाकान्त चौधरीले २५४५ र तेजुलाल चौधरीले १७७२ मत पाएका छन् । उमाकान्त चौधरी देउवा पक्षका हुन् भने तेजुलाल चौधरी डा। शेखर कोइराला पक्षका हुन् ।
शुक्रबार सकिएको मतगणनामा कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई पराजित गर्दै पाण्डे निर्वाचित भएका हुन् । निर्वाचित भएका पाण्डेले २४११ मत ल्याउँदा अर्का उम्मेदवार जीवनबहादुर शाहीले २१३३ मात्रै मत ल्याए । निर्वाचित पाण्डे शेखर कोइराला समूहका नेता हुन् । कांग्रेस १४औँ महाधिवेशनअन्तरर्गत सहमहामन्त्री पदमा विभिन्न क्लस्टरको मतगणना जारी छ ।