भीम रावलद्वारा अध्यक्ष पदमा उम्मेदवारी दर्ता

२०७८ मङ्सिर १३ सोमबार ०९:५९:०० मा प्रकाशित

काठमाडौं । एमालेको अध्यक्ष पदका लागि नेता भीम रावलले उम्मेदवारी दर्ता गराएका छन्। उम्मेदवारी दर्ता गर्दै नेता रावलले जितेपछि पार्टीलाई आगामी चुनावमा बहुमत दिलाउने दाबी गरेका छन्। 

उनले पार्टी नेतृत्वका लागि कसैले घोषणा गर्दैमा नहुने भन्दै आफूले अध्यक्षका लागि उम्मेदवारी दिएको बताए। ‘पार्टीमा अहिले कुनै समूह छैन’, उम्मेदवारी दर्तापछि उनले भने, ‘हरेक प्रतिनिधिलाई आफूलाई मन लागेको पदमा उठ्ने अधिकार छ। मैले पनि आफ्नो अधिकार प्रयोग गरें।’