महिला हिंसा विरुद्धको १६ दिने अभियान

२०७८ मङ्सिर ९ बिहीबार १६:५१:०० मा प्रकाशित

 

‘घरैबाट सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने घरेलु नाराका साथ महिला हिंसा विरुद्धको १६ दिने अभियान प्रारम्भ भएको छ । 
दिवसका अवसरमा विभिन्न स्थानमा चेतनामूलक कार्यक्रमहरु आयोजना गरिएका छन् । १६ दिनसम्म लै∙िक हिंसा विरुद्ध अभियानका रुपमा मनाईएपनि गैँडाकोटमा भने हस्ताक्षर संकलन बाहेक अन्य कार्यक्रम नगरिने भएको छ । नगरपलिकाले बजेटको अभावमा कुनैपनि कार्यक्रम नगरिने बताएको छ । बिहान ‘म हिंसा गर्दिन र हिंसा भए सहन्न’ भन्ने व्यानरमा हस्ताक्षर संकलन गरेर सुभारम्भ गरेपनि यी १६ दिनेमा अन्य कार्यक्रमको आयोजना नगरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक उपशाखाका महिला विकास निरिक्षक सिता कुमारी लामिछाने पौडेलले बताउनुभयो । अन्य कार्यक्रमका लागि बजेट विनियोजन गरेपनि हिंसा विरुद्धका कार्यक्रमका लागि बजेट नभएका कारण कार्यक्रम नगर्ने उहाँले बताउनुभयो । 
महिला हिंसासम्बन्धी उजुरीको आधारमा विश्लेषण गर्दा नेपालमा महिला हिंसाका अधिकांश घटना घरभित्रै हुने र परिवारकै सदस्यको संलग्नता देखिने गरेकोले घरभित्र हुने महिला हिंसाको अन्त्यका लागि अभियानको आवश्यकता रहेको सरोकारवालाहरुले बताएका छन् ।