वैदेशिक रोजगारको अनुभव स्वदेशी माटोमा, सीपले बढेको विश्वासको दीप

२०७८ मङ्सिर २ बिहीबार ११:४२:०० मा प्रकाशित

गैँडाकोट । तीन वर्षअघि स्वदेशमा सम्भावना नदेखेका गैँडाकोट ४ का २६ वर्षिय विश्वास सापकोटाले चीन र कतार पुगेपछि मात्रै स्वदेशमा नै सम्भावना देखे । स्नातकोत्तर पढ्दै गरेका उनले विदेशी भुमिमा सिकेको सीप स्वदेशमा लगानी गरे हुने रहेछ भन्ने थाहा पाए । अहिले उनले गैँडाकोटमा आधुनिक तरिकाले कृषि फर्म सञ्चालन गरिरहेका छन् । साढे ३ विघा क्षेत्रफलमा गाइभैँसीसँगै तरकारी खेती, घाँस खेती, गड्यौैलाको मल, कुखुरापालन गरेका छन् । 
उनले करिब साढे ३ विघामा कृषि कर्म गरेका हुन् । कृषि चक्र बनाउने अभिप्रायले उनले घाँसखेती गाई भैँसीको लागि, गाइ भैँसीको मल गड्यौलाका लागि, गड्यौैलाको मल तरकारी खेती र स्थानीय जातको कुखुराको लागि प्रयोग गर्दै आएका छन् । उनले भने “करिब साढे ३ बिघामा खेती र फर्म छ । मैले चक्रिय कृषि प्रणाली अनुसार काम गरेको छु ।”
सापकोटाको गोठमा अहिले ७० वटा गाइभैँसी छन् । दैनिक २ सय लिटर भन्दा बढि दूध उत्पादन हुन्छ । कृषि चक्र बनाएर कृषि कर्म थालेका विश्वासले स्वदेशमा गर्न सकिने रहेछ भन्ने कुराले मन प्रफुल्लित बनेको बताए । 
कृषि चक्र बनाएर कृषि कर्म थालेका उनमा स्वदेशमा नै केही गर्न सकिने विश्वास बढेको छ । उनले १ बर्ष अगाडीबाट ओम जयश्री पशु तथा कृषि फर्म सञ्चालनमा ल्याएका हुन् । २८ लाखमा २० वटा गाइभैँसी अट्ने संरचना सहितको फर्म खरिद गरेका सापकोटाले संरचना थपेर अहिले फर्ममा करिब डेढ करोडको लगानी पुगेको बताए । लगानीको वातावरण बनेपछि सहज भएको उनको तर्क छ । उनले भने “१ बर्ष अगाडि करिब २८ लाखमा २० वटा गाइभँैसी अट्ने संरचना थियो अहिले डेढ करोडको लगानीको फर्म छ । काम गर्दै सिक्दै छु ।”
१ बर्षअघि ओम जयश्री पशु तथा कृषि फर्म दर्ता गरि सुरु गरेको फर्मबाट गाईभैँसीको दुध उत्पादन हुन्छ । प्राङगारिक कृषिलाई प्राथमिकता दिन गड्यौैलाको मल बनाएर बिक्री गर्ने तयारीमा छन् । गड्यौैला तरकारी खेतीमा प्रयोगमात्रै होईन कुखुराको आहारा पनि बनेको छ । यो सबै उनले विदेशमा सिकेको बताए । 
२ बर्ष चीन र कतारमा बसेका सापकोटाले बिदेशमा पनि कृषि कर्म गरेको बताए । त्यहाँबाट लिएको ज्ञानले स्वदेशमा पनि गड्यौलाको मल गराउन प्रोत्साहित ग¥यो । गड्यौला मलको लागि टहरा बनाएर ढलान गरि गाइभैँसीको मल गड्यौैलाका लागि खानाका रुपमा प्रयोग गरेका छन् । मलसहितको गड्यौैला १५ सयदेखि १७ सय र गड्यौैला मात्रै १ किलोको २२ सयमा किनेर अहिले आफुले तरकारी खेतीमा प्रयोग गरि, कुखुराको आहाराको रुपमा प्रयोग गरि १ क्विन्टल गड्यौला सहितको मल बिक्रीको तयारीमा रहेको उनले बताए । उनले २० किलो मलसहितको गड्यौलाबाट गड्यौलाको मल बनाउन सुरु गरेका थिए । उनले भने “एउटा काम मात्रै के गर्ने भनेर गड्यौलाको मल बनाएर प्रयोग र बिक्री गर्ने गरेर काम गरेको छु ।”
पढेको मान्छेले गोबर फालेको भनेर छिमेकीले खिस्सी उडाए । तर उनले विदेशको दुःख भन्दा आफ्नै ठाउँमा प्रचुर सम्भावना देखे । जुन अहिले सफल भएको छ । छिमेकीले कुरा काटेपनि परिवारको साथ र हौसलाले उत्प्रेरणा बढेको उनी बताउँछन् । सापकोटाले भने “विदेश गएको मान्छे किन गाईभैँसी पाल्न, गोबर फाल्न आएको भनेर भन्थे तर परिवारसँगै गर्दा खुसी मिलेको छ ।”
चक्रिय कृषि प्रणालीबाट खुसी मिलेको बताउने उनी अहिले छिमेकीका लागि प्रेरणाका स्रोत हुन् । आफु र आफ्नो परिवार मात्रै होईन अन्य स्थानीय ९ जनाले समेत उनको फर्ममा रोजगारी पाएका छन् । “परिवारका सबै मिलेर काम गरेका छौँ, ९ जनालाइ रोजगारी दिएका छौँ ।”
वैदेशिक रोजगारीका क्रममा कमाएको केही पैसा, सिकेको सीप, ज्ञान र अनुभवलाई नेपाली माटोमा लगानी गरे उज्यालो दीप बन्न सकिन्छ भन्ने यो नमुना हो । कर्म गर्ने चाहना भए स्वदेशमा नै केही गर्न सकिन्छ भन्ने दरिलो उदाहरणका रुपमा युवा कृषक सापकोटाले आफुलाई उभ्याएका छन् ।