विजय नगर टोल विकास संस्थाको ८औं साधारण सभा सम्पन्र

गैंडाकोट । विजय नगर टोल विकास संस्थाको ८औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ। कार्यक्रम गैंडाकोट ८ स्थित विजय आधारभुत विद्यालयको प्राङ्गणमा भएको हो ।
कार्यक्रममा वडा नं.८ का वडा अध्यक्ष प्रेम सापकोटाले संस्थाले विकास निर्माणका कार्यमा सक्रिय भूमिका निर्वाह गर्दै आएको बताउँनुभयो । उहाँले विकास भनेको केवल बाटो, घाटो वा पुल मात्र नभई, हाम्रो सोच र चेतनाको विकास भएको बताउँनुभयो । जबसम्म सोचमा परिवर्तन आउँदैन, तबसम्म भौतिक विकासका कामहरू दिगो र प्रभावकारी हुन नसक्ने उहाँले बताउँनुभयो । अध्यक्ष सापकोटाले पालिका र प्रदेशसँग सहकार्य गरेर अगाडि बढ्ने र वडा कार्यालयबाट संस्थालाई सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष लिला थापाले आर्थिक विवरण प्रस्तुत गर्दै चालु आर्थिक वर्षमा संस्थाको कुल आम्दानी रु ६७ लाख ९५ हजार ८ सय ३६ र कुल खर्च रु ८० लाख ६६ हजार ५ सय ९१ रहेको जानकारी दिनुभयो।
संस्थाका सचिव चन्द्रमणि पौडेलले समाजको विकास, प्रगति र सुधारको लागि टोल विकास संस्थाको अहंम भुमिका रहने हुँदा देश विकासको मेरुदण्ड रहेको बताउनुभयो । उहाँले कार्यक्रममा प्रगति विवरण प्रस्तुत गनुभएको थियो ।
विजय सामुदायिक सुचना तथा सञ्चार सहकारी संस्था लिमिटेडका अध्यक्ष त्रिलोचन सापकोटा र नरेश थापा मगरले संस्थाको विकास, सामाजिक योग्दान र समुदायमा संस्थाले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी ढंगले कार्य गर्न सुझाव दिनुभयो ।
साधारण सभाको अवसरमा संस्थाभित्रका ज्येष्ठ नागरिकहरूलाई सम्मान गरिएको थियो। कोषाध्यक्ष लिला थापाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजिकरण सचिव चन्द्रमणि पौडेलले गर्नुभएको थियो।