मेरी बास्सैको अभिनयमा फर्किइन् चम्सुरी 

२०७८ मङ्सिर १ बुधबार ११:५८:०० मा प्रकाशित


दुबै मृगौला फेल भएका कारण विगत ६ महिनादेखि अभिनयबाट टाढा रहनुभएको कलाकार पल्पसा डंगोल “चम्सुरी” अभिनयमा फकर्नुभएको छ ।
उहाँ केही दिन अगाडि अभिनयमा फर्किनुभएको हो । आफु अभिनयमा फर्किएको डंगोलले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिनुभएको छ । उहाँले लेख्नुभएको छ  “आज बेलुका ‘मेरी बास्सै हेर्नुहोला । म भेट्न आउँदैछु ।”
उहाँकोे मिर्गौला प्रत्यारोपण गर्न भने बाँकी रहेको छ । करिब ५ वर्षदेखि डायलाइसिस गराइरहेकी पल्पसा ६ महिना अगाडि उपचारका लागि अस्पताल भर्ना हुनुभएको थियो । सोही समयदेखि उहाँ अभिनयबाट टाढा हुनुभएको थियो ।