विजय एफएम १०१.६ लाई सम्मान   

२०७८ कार्तिक २७ शनिबार १८:१२:०० मा प्रकाशित


गैँडाकोट । भेडाबारी सामुदायिक वन उपभोक्ता समूह गैँडाकोट ११ र १२ ले समूहको १५औँ वार्षिक साधारण सभाको अवसरमा विजय एफएम १०१.६ लाई सम्मान गरेको छ ।  
समूहका गतिविधि तथा सूचनाहरु आम उपभोक्तामाझ प्रशारण गर्न पु¥याएको योगदानको कदर गर्दै वनले सम्मान गरेको हो । शनिबार समूहको कार्यालय परिसरमा भएको कार्यक्रममा भेडाबारी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष गुरुदत्त पौडेल र प्रमुख अतिथि डिभिजन वन कार्यालय नवलपुरका प्रमुख, डिभिजनल वन अधिकृत मोहनप्रसाद काफ्लेले सम्मान गर्नुभएको हो । 
विजय एफएम १०१.६ का सहायक स्टेशन म्यानेजर एवं हाम्रो वन कार्यक्रमका उत्पादक तथा प्रस्तोता प्रेम क्षेत्रीले सम्मान ग्रहण गर्नुभयो । विजय एफएमले हाम्रो वन कार्यक्रममार्फत सामुदायिक वन उपभोक्ता समूहहरुको संस्थागत सुदृढीकरणमा टेवा पु¥याउदैँ वन र पर्यावरणसँग केन्द्रित रहेर कार्यक्रम उत्पादन एवं प्रशारण गर्दै आएको छ । वनमा रहेका बोटविरुवा, बन्यजन्तु, चराचुरुङगीको संरक्षण र वन विकासमा केन्द्रित रहेर संरक्षणकर्मी एवं सरोकारवालाहरु छलफल गरि कार्यक्रम प्रशारण गर्ने गरेको छ ।