शुभदीपावलीको अवसरमा विजय एफएम द्धारा स्रोता आफन्तमा शुभकामना 

२०७८ कार्तिक २० शनिबार १७:२४:०० मा प्रकाशित


नेपालीहरुको उज्यालोको पर्व शुभदीपावली २०७८ पावन अवसरमा  विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडका अध्यक्ष श्री भूमिराज चापागाईंले हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ । 


शुभकामना सन्देश जारी गर्दै चापागाईंले देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरु, विजय एफ एमका स्रोता आफन्त, विजय खबर पत्रिकाका पाठक, अनलाइन संस्करणका पाठक वर्गहरुमा शुभदीपावली, छठ तथा नयाँ वर्ष ११४२ ले शुख शान्ति तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ । 


यसका साथै उहाँले विज्ञापन दाता, व्यवसायिक संस्था, सहकारी संघसंस्था, सामुदायिक वन, खानेपानी तथा सरसफाई उपभोक्ता संस्था, निजि तथा सामुदायिक विद्यालयहरु, कलेजहरु, स्वास्थ्य संस्थाहरुको श्रीवृद्धिमा लक्ष्मीमाताका कृपा र जमुना र उनका भाइबीचको भातृत्व जस्तो स्नेह बनिरहेस् भन्दै शुभकामना सन्देशमा व्यक्त गर्नुभएको छ ।  चापागाईंले विजय परिवारका संस्थाहरुको उन्नयन र प्रगतिको समेत कामना गर्नुभएको छ ।