नेकपा एमाले गैँडाकोटको नगर अधिवेशन कार्तिक ११ गते, ३ वटा वडाहरुमा सहमति गराउने प्रयास जारी

२०७८ कार्तिक ८ सोमबार १८:४८:०० मा प्रकाशित


गैँडाकोट । गैँडाकोट नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी एमालेको नगर अधिवेशन कार्तिक ११ गते हुँदैछ ।   केही वडाहरुमा नयाँ नेतृत्व चयनमा विवाद उत्पन्न भएपछि नेकपा एमाले गैँडाकोट नगर कमिटिको अधिवेशन ११ गतेका लागि सारिएको थियो । यस अघि पार्टिको केन्द्रीय निर्णय अनुसार कार्तिक ९ गतेका लागि नगरतहको अधिवशेन तोकेको थियो । 


कार्तिक ११ गते गैँडाकोट नगरपालिका वडा नं. १३ मा रहेको कालाबञ्जरा रिर्सोटमा नगर अधिवेशन तय भएको नेकपा एमाले नवलपुरका सचिवालय सदस्य एवंम् गैँडाकोट नगर ईन्चार्ज यमुनाथ आचार्यले बताउनुभयो  ।

 नगरका १८ वटा वडाहरुबाट झण्डै २५० जना प्रतिनिधिहरु नगर अधिवेशनका लागि छनौट हुने इन्चार्ज आचार्यले बताउनुभयो । प्रतिनधि छनौटका लागि हरेक वडाहरुमा भोली दिउँसो एमालेले भेलाको आयोजना गरेको छ । प्रत्येक वडामा ५ जना सदस्यबराबर एक जना प्रतिनिधि छनोट हुने ईन्चार्ज आचार्यको भनाइ छ । 


गैँडाकोट नगरपालिका वडा नं. २, ८, १० र १८ मा वडामा कसले नेतृत्व गर्ने भन्नेमा विवाद उत्पन्न भएको थियो । जसमध्ये आज गैँडाकोट १० मा नेतृत्व चयन भएको छ । नेकपा एमाले गैँडाकोट नगरकमिटि वडा नं. १० को अध्यक्षमा यदुप्रसाद न्यूरे चयन हुनुभएको छ । आज सम्पन्न  वडा अधिवेशनले न्यूरेको अध्यक्षतमा नयाँ कमिटि सर्वसम्मत चयन गरेको नगर सचिव जगन्नाथ पौडेलले जानकारी दिनुभयो ।  वडा कमिटिको उपाध्यक्षमा सुमन गैरे, सचिवमा गोविन्द पाण्डे, उपसचिवमा तुलसी कंडेल र खगेन्द्र न्यौपाने चयन भएका छन्  ।   


वडा नं. १० मा नयाँ कमिटि गठन भएसँगै एमाले गैँडाकोटमा वडा नं.  २, ८ र १८ मा नयाँ नेतृत्व चयन गर्न बाँकि छ । नेताहरुले आज अवेरसम्म सवै वडाहरुमा नयाँ नेतृत्वको टुगों लगाईने सक्ने र भोली घोषणा गर्ने नगर इन्चार्ज यमुनाथ आचार्यले बताउनुभयो । गैँडाकोट १८ मा कुनै विवाद नभएको समेत नगर इन्चार्ज आचार्यले बताउनुभयो । 


वडा नं. २ मा  देशवन्धु सिग्देल र  राजुु भूसाल विच प्रतिष्पर्धा रहेको छ । त्यसैगरी वडा नं. ८ मा नेता श्रीहरी चालिसे, नविन सापकोटा, राजु सापकोटा, टिकाराम सुवेदीले अध्यक्षमा अडान राखेको नगर इन्चार्ज आचार्यले बताउनुभयो ।