कालिका संस्कृत विद्यापीठमा हरेक विहान साढे ५ बजेबाट योगाभ्यास कक्षा सुरु 

२०८३ भदौ १ सोमबार १५:२२:०० मा प्रकाशित


गैँडाकोट । कालिका संस्कृत विद्यापीठको आयोजनामा विद्यापीठ परिसरमा आजबाट योगाभ्यास सुभारम्भ भएको छ । दैनिक विहान साढे ५ बजेदेखि सुरु हुने योगाभ्यास सत्रमा योग गुरु भावनाजीले प्रशिक्षण दिनुहुनेछ ।

नियमित सुरु हुने योगाभ्यास कक्षाको शुभारम्भ गर्दै गैँडाकोट नगरपालिका नगरप्रमुख मदनभक्त अधिकारीले स्वस्थ जीवनशैलीले जिवन जिउन सरल हुने र योगका माध्यमबाट शारिरीक तन्दरुस्ती साथसाथै मष्तिष्क विकासमा टेवा पु¥याउने बताउनुभएको छ ।

कालिका संस्कृत विद्यापीठका अध्यक्ष ओमप्रसाद सापकोटाको अध्यक्षतामा समुद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।  नगर प्रज्ञाप्रतिष्ठानका कुलपति गोविन्दराज विनोदी, संस्थापक प्राचार्य चुडामणि शर्मा कंडेल, संस्कृत विश्वविद्यालयका प्रतिनिधि नविन पोखरेल, समाजसेवी सिद्धकुमार श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रमको उद्देश्य र अतिथिहरुलाई विद्यापीठका प्राचार्य डा. केशव चालिसेले स्वागत गर्नुभएको थियो भने लेखा अधिकृत बेलु दराईले कार्यक्रम सञ्चालनको सहजीकरण गर्नुभएको थियो । 
 

ताजा खबर