अमरापुरीमा उद्घोषण तालिम सम्पन्न
नवलपरासी पूर्व । गैँडाकोट नगरपालिका वाड नं. १६ र १७ को कार्यालय, वडा महिला सञ्जाल, महालक्ष्मी सहकारीको आयोजनामा भएको उद्घोषण तालिमको शुक्रबार समापन गरिएको छ । सुन्दरी सामुदायिक वनको सहयोगमा सञ्चालित तालिममा ३० जना महिलाहरु नेतृत्व विकास तथा उद्घोषण कलाबाट प्रशिक्षित भएका छन् । प्रशिक्षण पश्चात सहभागिहरुले तालिमले आफूहरुमा आत्मविश्वास बढाएको बताएका छन् । सहभागिहरु लक्ष्मी सापकोटा, सरु पौडेल लगायतले तालिमले बोल्ने सीप मात्र नभइ हरेक काममा अघि बढ्न प्रेरणा प्रदान गरेको बताउनुभएको छ ।
कार्यक्रमका प्रमुख अतिथि गैँडाकोट १६ का वडा अध्यक्षले विनोदकुमार मल्लले उद्घोषण कलाको सिकाइले नेतृत्व विकासमा टेवा पुग्ने बताउनुभयो । वडाले विगतमा गरेका कार्यक्रमले वडाका महिलाहरुमा सकारात्मक प्रभाव पारेको बताउनुभयो ।
गैँडाकोट १७ का वडा अध्यक्ष गोपी कंडेलले तालिमबाट सिकेका कुरा व्यवहारमा उतार्न सुझाब दिनुभयो । व्यवहारमा उतार्न सक्नुनै तालिमको मुख्य सफलता रहेको बताउनुभयो ।
सुन्दरी सामुदायिक वनका अध्यक्ष बुद्धिराम गिरीले तालिममा सहभागिहरुको अनुभव मन्तव्यले महिला दिदिबहिनीहरुमो आएको परिवर्तनलाई झल्काएको बताउँदै भन्नुभयो । महिलादिदिबहीनीहरुको नेतृत्व विकासका लागि सुन्दरी सामुदायिक वन सदैव साथमा रहेको बताउनुभयो ।
कार्यक्रममा एडुश्री डटकमका अध्यक्ष तथा विजय एफएमका स्टेशन म्यानेजर श्रीधर उपाध्यायले तालिमका सहभागिहरुलाई प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा कार्यपालिका सदस्य सरिता देवी दर्जी, वडा सदस्य दिनेश देवकोटा, वडा सदस्य देवि अधिकारी, अमर सहकारीका अध्यक्ष लक्ष्मीप्रसाद सापकोटा, महालक्ष्मी सहकारीका अध्यक्ष दिलशोभा भुषाल, सामाजिक तथा महिला नेतृ अम्बिका कंडेल लगायतको उपस्थिति रहेको थियो । अमर सहकारीको सभाहलमा भएको समापन कार्यक्रमको तालिमकै प्रशिक्षार्थी लक्ष्मी घिमिरेले अतिथिहरुलाई स्वागत गर्नुभएको थियो भने तालिमकै प्रशिक्षार्थी विष्णु अधिकारीलेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रम समापन गर्दै वडा महिला सञ्जाल अध्यक्ष गंगा सुवेदीले तालिमबाट महिला दिदिबहिनीहरुको क्षमता विकासमा परिवतर्न आएको उल्लेख गर्दै खुसी लागेको बताउनुभएको छ । अध्यक्ष सुवेदीको अध्यक्षतामा समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।