गैँडाकोट वडा नं ८ मा खेलकुद सामग्री वितरण

२०८३ असार १३ शनिबार १८:४०:०० मा प्रकाशित

गैँडाकोट ।  गैँडाकोट वडा नम्बर ८ मा खेलकुद सामग्री वितरण गरिएको छ। गैँडाकोट वडा नं ८ वडा बाल सञ्जालको आयोजना तथा गैंडाकोट वडा नम्बर ८ को सहयोगमा शनिबार वडा कार्यालयमा खेलकुद सामग्री वितरण गरिएको हो। 

वडा भित्र रहेका कालिका नमुना माध्यमिक विद्यालय ,विजय आधारभूत विद्यालय र ज्ञानकुञ्ज ईग्लीस स्कुलका बाल क्लबहरूलाई खेलकुद सामग्री प्रदान गरिएको वडा बाल सन्जालका अध्यक्ष निश्चल न्यौपानेले जानकारी दिनुभयो ।

कार्यक्रममा एक लाख बराबरको खेलकुदका विभिन्न सामग्री वितरण गरिएको नगर बाल सञ्जालका अध्यक्ष संसार सापकोटाले जानकारी दिनुभयो।

कार्यक्रममा वडा नम्बर ८ का वडाध्यक्ष प्रेम सापकोटाले खेलकुदका सामग्रीहरूलाई सही तरिकाले प्रयोग गरेर खेलकुदको क्षेत्रमा अगाडि बढ्न आग्रह गर्नुभयो। वडा अध्यक्ष सापकोटाले  वडाले बालबालिकाहरूलाई खेलकुदको क्षेत्रमा अगाडि बढाउन लगानी गरेको र वडाको लगानीलाई खेर नफाल्न सबैलाई आग्रह गर्नुभयो।

कार्यक्रममा गैंडाकोट वडा नम्बर ८ का जनप्रतिनिधिहरू कमला आचार्य, खगेश्वर सापकोटा, सुशीला परियार, तर्कबहादुर थापा, विजय आधारभूत विद्यालयका प्रधानाध्यापक सरस्वती पाण्डे, पद्मा सुवेदी, झरना पराजुली लगायत सामाजिक तथा शैक्षिक व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।