रास्वपाको महाधिवेशन लम्बिँदा संसद् बैठक सर्यो

२०८३ असार १२ शुक्रबार १७:३३:०० मा प्रकाशित

काठमाडौं । प्रतिनिधिसभा बैठक पुनः स्थगित भएको छ । संसद् सचिवालयले शुक्रबार सूचना टाँस गरेर बैठक असार १४ गते आइतबारसम्मका लागि स्थगित भएको जानकारी गराएको हो ।

 

यसअघि असार १२ गते शुक्रबारका लागि बोलाइएको बैठक सूचना टाँस गरेर शनिबार बिहान ११ बजे बस्ने गरी स्थगित गरिएकोमा पुनः आइतबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो । शनिबार बिहान ११ बजे बस्ने गरी निर्धारण भएको बैठक विशेष कारण उक्त समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ६ को उपनियम ९३० बमोजिम सभामुखले बैठक आइतबार बस्ने गरी निर्धारण गरेको सूचनामा उल्लेख छ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन चिवतनमा जारी छ। जसका कारण संसद् बैठकसमेत प्रभावित भएको छ ।