विश्व रक्तदाता दिवसको अवसरमा गैंडाकोट जेसीजले रक्तदाता सम्मान कार्यक्रम गर्दै ।।
विश्व रक्तदाता दिवसको अवसरमा गैंडाकोट जेसीजले आगामी आइतबार (जेठ ३१ गते) रक्तदाता सम्मान कार्यक्रम आयोजना गर्ने भएको छ।
गैंडाकोट–७, गैरीस्थित जेसीज सचिवालयमा बिहान ७ बजेबाट कार्यक्रम सञ्चालन हुने कार्यक्रम संयोजक डा. शुभास सापकोटाले जानकारी दिनुभयो ।
समाजमा रक्तदानको महत्वलाई थप प्रवद्र्धन गर्ने तथा नियमित रक्तदाताहरूको योगदानको कदर गर्दै सम्मान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको गैंडाकोट जेसीज वर्ष २०२६ का अध्यक्ष ईश्वर पौडेलले बताउनुभयो ।
कार्यक्रममा जेसीज पदाधिकारी, सदस्य तथा सरोकारवालाहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको गैंडाकोट जेसीजका महासचिव कमल तिवारीले जानकारी दिनुभयो ।