अर्थमन्त्री वाग्लेले ल्याए २१ खर्ब २४ अर्ब रुपैयाँको बजेट

२०८३ जेठ १५ शुक्रबार १८:४४:०० मा प्रकाशित

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब रुपैयाँको बजेट शुक्रबार संसदमा पेस गरेका छन्।आगामी साउन १ गतेदेखि सुरु हुने आर्थिक वर्ष २०८३-८४ का लागि सरकारको आर्थिक योजना संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा पेस भएको हो ।

 

चालु खर्च १२ खर्ब ७० अर्ब ५८ करोड, पुँजीगत खर्च ४ खर्ब ३१ अर्ब १० करोड र वित्त व्यवस्थापनमा ४ खर्ब २२ अर्ब  विनियोजन गरिएको छ।