विजय सामुदायिक शिक्षा सदनमा विद्यालयस्तरीय आँखा परीक्षण
गैंडाकोट । गैँडाकोट–५ स्थित विजय सामुदायिक शिक्षा सदनमा विद्यालयस्तरीय आँखा परीक्षण कार्यक्रम सञ्चालन गरिएको छ । नेपाल नेत्र ज्योति संघ भरतपुर आँखा अस्पतालको आयोजना तथा विद्यालयको समन्वयमा कार्यक्रम सञ्चालन गरिएको हो ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको आँखाको स्वास्थ्य परीक्षण गरी दृष्टिसम्बन्धी समस्या पहिचान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । परीक्षणका क्रममा विद्यार्थीहरूको दृष्टि जाँच, आँखासम्बन्धी सामान्य समस्या पहिचान तथा आवश्यक परामर्श प्रदान गरिएको थियो ।
यस्ता कार्यक्रमले बालबालिकामा समयमै आँखासम्बन्धी समस्या पहिचान गरी उपचारमा सहजता पुग्ने विश्वास लिइएको छ । विद्यालय प्रशासनले पनि विद्यार्थीहरूको स्वास्थ्य सुरक्षाका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने जनाएको छ ।