गैडाकोट इङ्लिस स्कुलले माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट नतिजा हासिल
गैँडाकोट । नवलपुरको गैँडाकोट २ मा रहेको गैडाकोट इङ्लिस स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) परिक्षामा उत्कृष्ट नतिजा हासिल गरेको छ ।
विद्यालयबाट परीक्षा दिएका ६० जना विद्यार्थीमध्ये २५ जनाले ३.६१ देखि ४.०० जीपीए प्राप्त गरेका छन् । विद्यालयको छात्रा तेजस्वी पन्तले ४ जीपीए ल्याउनुभएको छ ।त्यसैगरी, २३ जना विद्यार्थीले ३.२१ देखि ३.६० जीपीए प्राप्त गरेका छन । त्यसैगरी ११ जना विद्यार्थीले २.८० देखि ३.२० जीपीए ल्याएका छन।
विद्यालयका प्राचार्य हिरालाल अर्यालले विद्यार्थी, शिक्षक र अभिभावकको मेहनतका कारण विद्यालयले सफलता हासिल गरेको बताउनुभयो । प्राचार्य अर्यालले विद्यालयको शैक्षिक गुणस्तर र मेहनतलाई नतिजाले प्रमाणित गरेको बताउनुभयो । आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक वातावरण निर्माण गर्दै विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय प्रतिबद्ध रहको प्राचार्य अर्यालले बताउनुभयो ।
विद्यालयले पछिल्ला वर्षहरूमा आधुनिक शिक्षण पद्धति, अनुशासन, प्रविधिमैत्री अध्ययन प्रणाली तथा अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिँदै आएको जनाएको छ । यस सफलतासँगै गैडाकोटको “क” वर्गको गैँडाकोट इङ्लिस स्कुल शिक्षाको क्षेत्रमा उत्कृष्ट शैक्षिक संस्थाको रूपमा स्थापित बन्दै गएको छ ।