कालिका मन्दिर कालिका आश्रमको २५ औँ साधारण सभा सम्पन्न 

२०७८ असोज २६ मंगलबार १७:३६:०० मा प्रकाशित


गैँडाकोट । कालिका मन्दिर कालिका आश्रम गैंडाकोट ८ को २५ औँ साधारण सभा सम्पन्न भएको छ । 
कार्यक्रममा बोल्दै गैँडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले गाँउ घरमा भएका यस्ता मन्दिरहरुको संरक्षणमा सबैले ध्यान दिनुपर्ने बताउनुभयो । मन्दिर परिसरमा निर्माण भईरहेको मन्दिरको निमार्णका लागि नगरले गर्नुपर्ने सहयोग गर्न सधैँ तयार रहेको बताउनुभयो ।
गैँडाकोट नगरपालिकाका नगर उपप्रमुख विष्णुकुमारी कंडेलले संस्कार र सस्ंकृती जोगाउनको लाई मठ मन्दिरले ठुलो भुमिका खेल्ने बताउनुभयो । कार्यक्रममा उप प्रमुख कंडेलले आफ्नो स्वर्गिय पिता टिकाराम कंडेलको सम्झनामा व्यक्तिगतरुपमा ३० हजार सहयोग गर्नुभएको थियो । 
कार्यक्रमका अध्यक्ष मन्दिरका अध्यक्ष धनप्रसाद सापकोटाले वैदिक विद्यिपुर्वक समाजमा धार्मिक, आध्यात्मिकभाव जागरण गराई सनातन हिन्दु धर्म संस्कृतिको प्रचार प्रसारपूर्वक व्यक्ति, समाज र राष्ट्रमा शान्ती स्थापित गराउने शुभसंकल्पका साथ मन्दिरले कार्य गर्दै आएको बताउनुभयो । 
विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिको उपस्थिती रहेको सो कार्यक्रम कालिका मन्दिर कालिका आश्रमका कार्य समिति सदस्य केशबप्रसाद आर्चायले सहजिकरण गर्नुभएको थियो । मन्दिरमा नवरात्र (विजयादशमी)को पावन अवसरमा श्रीमद्देवीभागवत महापुराण चलिरहेको छ ।