उपसभामुखमा श्रम संस्कृतिकी उम्मेदवार रुबी कुमारीलाई रास्वपाको समर्थन
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीको तर्फबाट २५ वर्षीय रुबीकुमारी ठाकुर उम्मेदवार बन्रुभएको छ । उहाँलाई सत्तारुढ दल रास्वपाले समर्थन गरेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो ।
‘रास्वपाले उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ’ उहाँले भन्रुभयो ,’ अहिलेको जनअपेक्षाअनुसार उदाउँदो पार्टीहरू एक ठाउँमा उभिनुपर्छ । जनभावनाअनुसार जानुपर्छ भन्ने दृष्टिकोणबाट यो निर्णय भएको छ ।’
रास्वपाले उपसभामुख पदमा सांसद अशोककुमार चौधरी समर्थक रहने जनाएको छ ।
उपसभामुख पदमा राप्रपाले पनि उम्मेदवारी दिएको छ । राप्रपाले सरस्वती लामालाई उम्मेदवार बनाएको छ । लामाको प्रस्तावकमा राप्रपा दलका नेता ज्ञानेन्द्र शाही रहनुभएको छ । समर्थकमा ताहिर अली, खुश्बु ओली र भरत गिरी रहनुभएका छन् ।