गायिका आशा भोसलेको निधन

२०८२ चैत २९ आइतबार १५:४७:०० मा प्रकाशित

काठमाण्डौं । भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । आइतबार मुम्बईको ब्रीच क्यान्डी अस्पतालका चिकित्सकले उनको निधन भएको पुष्टि गरेका हुन् । आशा भोसलेलाई कार्डियक अरेस्ट भएपछि शनिबार अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उनले ७ दशकभन्दा लामो संगीत यात्रामा हजारौँ गीत गाएर भारतीय मात्र होइन, विश्व संगीतमा समेत गहिरो प्रभाव छोडेकी छिन् । उनका गीतहरू पुस्तौँसम्म लोकप्रिय रहँदै आएका छन् । उनको निधनसँगै भारतीय संगीतले एउटा महान् गायिका गुमाएको छ ।