मृत भेटिएकी बबिता सापकोटाको अनुषन्धान अघि बढाउँदै प्रहरी
नवलपरासी पूर्व । गुल्मीको मुसिकोट घर भएकी २४ वर्षिया बबिता सापकोटाको गैडाकोट–२, शान्तिनगरमा मृत अवस्थामा शव फेला परेको छ ।
विगत केहि महिनादेखि उहाँ स्थानीयको घरमा भाडामा बस्दै आउनुभएको थियो ।
घटनास्थलको कोठा प्रहरीले शिल गरेर प्रारम्भिक अनुसन्धान सुरु गरेको छ ।
प्रहरीले मृत्यु एक–दुई दिनअघि भएको हुनसक्ने अनुमान लगाएको छ ।
रातको समयमा घटना भएकोले, आज तालिम प्राप्त कुकुर प्रयोग गरेर अनुसन्धानलाई थप गति दिने तयारी गरिएको छ ।