गण्डकी प्रदेश स्तरीय १४ वर्ष मुनिका छात्र, छात्रा फुटबल प्रतियोगितामा नवलपुरको विजयी सुरुवात 

२०८२ माघ २७ मंगलबार १९:४३:०० मा प्रकाशित

नवलपुर । गण्डकी प्रदेश स्तरीय १४ वर्ष मुनिका छात्र÷छात्रा फुटबल प्रतियोगिता पोखरामा सुरु भएको छ। प्रतियोगितामा गण्डकी प्रदेशका ११ वटा जिल्ला सहभागी रहेका छन्।


प्रतियोगिता अन्तर्गत मंगलबार भएको छात्र प्रतियोगितामा भानुदय मावि दुम्कीबासले रामशाह मावि तनहुँ लाई ट्राइबेकरमा ३ –१ गोल अन्तरले पराजित गर्दै भानुदय मावि विजयी भएको छ।
त्यस्तै छात्रातर्फ नवलपुर जिल्लाको जनकल्याण मावीले बागलुङको आदर्श विद्यामन्दिर लाई २–० गोल अन्तरले पराजित गर्दै जनकल्याण मावि विजयी हुँदै सेमीफाइनल प्रवेश गरेको नवलपुर जिल्ला फुटबल संघका महासचिव लक्ष्मण कार्कीले जानकारी दिनुभयो ।


यसअघि जिल्ला स्तरीय १४ वर्ष मुनिका फुटबल प्रतियोगितामा छनोट भई प्रथम स्थान हासिल गर्ने टिम गण्डकी प्रदेशस्तरीय प्रतियोगितामा भाग लिएका हुन्। त्यस्तै नवलपुरबाट छात्रतर्फ भानुदय मावि ,छात्रा तर्फ  जनकल्याण मावि जिल्लाबाट प्रथम स्थान हासिल गरी प्रदेश स्तरीय प्रतियोगितामा भाग लिएका हुन।


प्रतियोगितामा विजेता तथा उपविजेतालाई नगद शिल्ड मेडल, प्रमाणपत्र प्रदान गरिने गण्डकी प्रदेश फुटबल संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै प्रतियोगितामा उत्कृष्ट गोलकिपर, उत्कृष्ट रक्षक, सर्वाधिक गोलकर्ता , उत्कृष्ट गोलकिपर लगायतका विधामा ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगिता  माघ २६ देखि सुरु भएर फागुन १ गतेसम्म सञ्चालन हुँदैछ।