नवलपुरका २० हजार बढी बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

२०८३ बैशाख २ बुधबार १६:१४:०० मा प्रकाशित

नवलपुर । देशैभर बैशाख ६ र ७ गते राष्ट्रिय भिटामिन  ‘ए’  कार्यक्रम सञ्चालन हुने भएको छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत नवलपुर जिल्लाका बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधी खुवाइने भएको छ । कार्यक्रम अन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधी पनि खुवाइने कार्यक्रम रहेको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईंले जानकारी दिनुभयो ।

 

प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईंका अनुसार नवलपुर जिल्लामा १२ महिनादेखि ५९ महिनासम्मका २० हजार ५ सय ६५ बालबालिका र ६ महिनादेखि ५९ महिनासम्मका २२ हजार ६ सय ३१ बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने लक्ष्य रहेको छ । जिल्लाका सबै स्थानीय तहमा दुई दिनसम्म अभियान सञ्चालन गरी बालबालिकालाई औषधि खुवाइने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।