जेन-जी आन्दोलनका शहीदको सम्झनामा क्षमायाचना पूजा

२०८२ माघ २० मंगलबार १९:०४:०० मा प्रकाशित

काठमाडौँ । जेन-जी आन्दोलनका शहीदको सम्झनामा क्षमायाचना पूजा गरिएको छ । मंगलवार नयाँ बानेश्वर संसद भवन अगाडी क्षमायाचना पूजासहित होम धूप-धूमार आत्मशान्ति सत्याग्रह पुण्य कार्यक्रम गरिएको हो । जेन-जी सुशासन योद्धा परिवारले उक्त कार्यक्रम आयोजना गरेको हो ।

 

भदौ २३ गते भ्रष्टाचारको विरुद्धमा आन्दोलन गर्दा संसद भवन अगाडी प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो भने दर्जनौ घाईते भएका थिए । भदौ २३ गते संसद भवन अगाडी युवाहरुमाथी गोली प्रहार भएपछि भदौ २४ गते संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत लगायत देशभरका सार्वजानिक तथा निजी भवनमाथी आगजानी भएको थियो । भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनमा ७६ जनाको मृत्यु भएको थियो । मृत्यु भएकामध्ये ४५ जनालाई सरकारले शहीद घोषणा गरेको छ ।