भरतपुरमा श्री शिव महापुराण धनधान्यञ्चल ज्ञान महायज्ञ हुँदै

२०८२ माघ १७ शनिबार १६:४१:०० मा प्रकाशित

चितवन । भरतपुरमा श्री शिव महापुराण धनधान्यञ्चल ज्ञान महायज्ञ-२०८२ सञ्चालन हुने भएको छ । भरतपुर-७, कृष्णपुरस्थित तेह्रसाल चोकमा श्री पञ्चेश्वर महादेव मन्दिरको आयोजनामा उक्त महायज्ञ हुने भएको हो ।

 

महायज्ञको अवसरमा सुप्रसिद्ध कथावाचक आचार्य रामानुजदास सन्तोष गुरुजीबाट संगीतमय शिवमहापुराण कथा वाचन हुने आयोजकले जनाएको छ । साथै, राष्ट्रियस्तरका कलाकारहरूको सहभागीतामा भजन-कीर्तन, देवीलीला झाँकी तथा चेतनामूलक नाटक प्रस्तुत गरिनेछ । मन्दिर संरक्षण, भौतिक पूर्वाधार विकास तथा अक्षयकोष स्थापनाको उद्देश्यसहित आयोजना गरिएको महायज्ञमा श्रद्धालु भक्तजनलाई परिवारसहित उपस्थित भई पुण्यलाभ लिन आयोजक समितिले आग्रह गरेको छ । महायज्ञ यही माघ २३ गतेदेखि फागुन ४ गतेसम्म सञ्चालन हुनेछ ।