लायन्स क्लब अफ गैँडाकोट मौलाकालिकाद्वारा नारायणी मा.विका छात्राहरुलाई न्यानो कपडा वितरण 

२०८२ माघ ८ बिहीबार १८:५६:०० मा प्रकाशित

गैँडाकोट ।  लायन्स क्लब अफ गैँडाकोट मौलाकालिकाले  विहिबार नारायणी माध्यमिक विद्यालय गैँडाकोट ७ मा कक्षा १ देखि कक्षा ७ सम्म अध्ययनरत सम्पूर्ण छात्राहरुलाई न्यानो कपडा स्वेटर  वितरण गरेको छ । 


नारायणी माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई लायन्स क्लब अफ गैँडाकोट मौलाकालिकाका संस्थापक कोषाध्यक्ष हरिहर पौडेलको छैठौँ पुण्य स्मृतिमा न्यानो कपडा बितरण गरिएको लायन्स क्लब अफ मौलाकालिकाका अध्यक्ष जनक पौडेलले बताउनुभयो ।


कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रिक घद्दछच् डिस्ट्रिक क्याबिनेट कोषाध्यक्ष विकास पौडेलले विद्यार्थीहरुलाई न्यानो कपडा प्रदान गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।


कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रिक घद्दछच् डिस्ट्रिक क्याबिनेट कोषाध्यक्ष विकास पौडेलले लायन्स क्लबले सामाजिक उत्तर दायित्व अन्र्तगत सामाजिक सेवामा संस्थाका सदस्यहरुको सक्रियतामा सामाजिक कार्य गर्दै आएको कुरा बताउनुभयो । कार्यक्रममा नारायणी माध्यमिक विद्यालयका प्रधानाध्यापक मिलन श्रेष्ठले धन्यवाद मन्तव्य राख्नुभएको सो कार्यक्रममा कार्यक्रम संयोजक सम्झना अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।


कार्यक्रममा गैँडाकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष होमनाथ सापकोटा, विद्यालय व्यवस्थापन समिति अध्यक्ष गंगाबहादुर पाण्डे,  लायन्स क्लबका विभिन्न तहमा रहनुहुने पदाधिकारी तथा सदस्यहरु राजेन्द्र गौतम, गोपालप्रसाद सापकोटा, देशबन्धु सिग्देल, सिआर कंडेल, इन्दिरा पाण्डे लगायतको उपस्थिति रहेको थियो ।


सम्झना अधिकारीको संयोजकत्वमा सम्पन्न सो कार्यक्रम लायन्स क्लब अफ गैँडाकोट मौलाकालिकाका अध्यक्ष लायन जनक पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।