ओम शान्ति मार्ग टोल विकास संस्था र दिदी-बहिनी महिला समूहको संयुक्त साधारणसभा सम्पन्न
गैंडाकोट । ओम शान्ति मार्ग टोल विकास संस्था र दिदी-बहिनी महिला समूहको संयुक्त साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ ।
ओम शान्ति मार्ग टोल विकास संस्थाको ११ औं साधारण सभा तथा ८ औं अधिवेशनले तीर्थराज रिमालको नेतृत्वमा १४ सदस्यीय गठन गरेको छ । जसको उपाध्यक्षमा टुका चालिसे, सचिव श्यामसुन्दर लामिछाने, कोषाध्यक्ष कविता अधिकारी चयन हुनुभएको छ । त्यस्तै, सदस्यहरूमा दुर्गा पौडेल, श्रीराम सोती, धुवराज सिग्देल, लक्ष्मी पौडेल, रूद्र हरि भण्डारी, भक्ति प्रसाद न्यूरे, राधिका कंडेल रहनुभउको छ । त्यस्तै, लेखा सुपरिवेक्षण समिति संयोजकमा केशव राज शर्मा तथा सदस्यहरूमा कविता बरूवाल, मुकुन्द चालिसे चयन हुनुभएको छ ।
त्यस्तै, ओम शान्ति मार्ग दिदी-बहिनी महिला समूहको सातौं साधारण सभा एबम् छैंटौं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले राधा पौडेलेको अध्यक्षतामा १४ सदस्यीय समिती गठन गरेको छ । जसको उपाध्यक्षमा सीता कुमारी लामिछाने, सचिव सभ्या थापा, कोषाध्यक्ष डिलादेवी गौतम चयन हुनुभएको छ । त्यस्तै, सदस्यहरूमा ईन्दकमला लामिछाने, इन्दिरा मरहट्टा, सावित्रा पौडेल, शुशिला लामिछाने नागिला, अनिता आचार्य, सीता सिग्देल, सीता भण्डारी रहनुभएको छ । त्यस्तै, लेखा सुपरिवेक्षण समिति संयोजकमा सम्झना आचार्य र सदस्यहरूमा सबिना चालिसे, लक्ष्मी अधिकारी चयन हुनुभएको छ ।

निर्वाचन समिति संयोजक चेतनाथ भुसाल तथा सदस्यहरू दयाराम पौडेल र गीता भण्डारीले नवनिर्वाचित पदाधिकारीहरूलाई शपथ ग्रहण गराउनुका साथै पद हस्तान्तरण गराउनुभएको थियो ।
यसअघि सम्पन्न साधारणसभामा टोल विकास संस्थाका सचिव तीर्थराज रिमालले प्रस्तुत गर्नुभएको वार्षिक प्रगति प्रतिवेदनमाथि छलफल पश्चात सर्वसम्मत रूपमा पारित गरिएको थियो । त्यस्तै, दिदी-बहिनी महिला समूहकी सचिव सभ्या थापाले प्रस्तुत गर्नुभएको वार्षिक प्रगति प्रतिवेदन पनि अनुमोदन गरिएको छ । टोल विकास संस्थाकी कोषाध्यक्ष कविता अधिकारीले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदनसमेत पारदर्शिता र उत्तरदायित्वको अभ्यासस्वरूप सर्वसम्मत रूपमा पारित गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा प्रमुख अतिथि गैंडाकोट ५ का वडा अध्यक्ष रत्नप्रसाद सापकोटाले टोल विकास संस्थाहरू स्थानीय विकासका आधारस्तम्भ भएको उल्लेख गर्नुभयो । उहाँले शिक्षा, सरसफाइ, महिला सशक्तीकरण, नेतृत्व विकास, जिम्मेवारीबोध, पारदर्शिता र सहभागितामूलक अभ्यासलाई प्राथमिकतामा राख्दै ओम शान्ति मार्ग क्षेत्रलाई नमूना टोलका रूपमा विकास गर्न सबैलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गर्नुभयो।

कार्यक्रममा श्यामसुन्दर लामिछाने, केशवराज शर्मा, धुवराज सिग्देल, दुर्गा पौडेललगायतले शुभकामना मन्तव्य राख्दै संस्थागत एकता, सहकार्य र सामाजिक उत्तरदायित्वलाई अझ प्रभावकारी रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।
टोल विकास संस्थाका अध्यक्ष श्रीराम सोतीको अध्यक्षता तथा दिदी-बहिनी महिला समूहकी अध्यक्ष टुका चालिसेको सह-अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमले स्थानीय तह र समुदायबीचको सहकार्यलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको आयोजकले जनाएको छ।