त्रिनेत्र सहकारीको स्थापना दिवस, दीप प्रज्वलन र खाद्य सामग्री सहयोग
गैंडाकोट । गैंडाकोट-५ मा अवस्थित त्रिनेत्र बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शनिबार आफ्नो स्थापना दिवस विविध कार्यक्रमका साथ मनाएको छ । संस्थाको कार्यालयमा आयोजित कार्यक्रममा संस्थाका सेयर सदस्य धार्मिक एवम् बौद्धिक व्यक्तित्व नारायणप्रसाद पण्डितद्वारा स्वस्ती वाचन गरी दीप प्रज्वलन गरिएको थियो ।
.jpg)
कार्यक्रममा संस्थाका अध्यक्ष कुलनाथ कंडेल, उपाध्यक्ष शंकर आचार्य, सचिव दोलराज पाण्डे, कोषाध्यक्ष विपिनभक्त अधिकारी, पूर्व अध्यक्ष रामप्रसाद शर्मा, सदस्यहरू सिताराम रिजाल, विनोद थापा लगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरी, स्थापना दिवसको अवसरमा संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत गैंडाकोट-१ मा रहेको अपाङ्ग जीवन विकास संस्थामा आवासीय रुपमा रहेका ३० जनाका लागि एक छाक खाना बराबरको खाद्य सामग्री सहयोगस्वरूप हस्तान्तरण गरेको छ । खाद्य सामग्री संस्थाका प्रमुख बालकृष्ण सापकोटालाई हस्तान्तरण गरिएको हो ।
