ण्डकी प्रादेशिक ललितकला प्रदर्शनी हुदै

२०८२ पौष ८ मंगलबार १८:४८:०० मा प्रकाशित

सामाजिक रुपान्तरण ः ललितकलाको अभियान मूलभावमा रही गण्डकी प्रादेशिक ललितकला प्रदर्शनी २०८२, नेपाल  ललितकला प्रज्ञा प्रतिष्ठान र गैडाकोट नगर प्रज्ञा प्रतिष्ठान गैडाकोट नगरपालिकाको संयुक्त आयोजनामा हुन गइरहेको 

 

२०८२ माघ १५ गतेदेखि ५ दिनसम्म चल्ने प्रदर्शनी गैडाकोट प्रज्ञा प्रतिष्ठानको ग्यालरीमा हुने भएको छ । प्रदर्शनीमा गण्डकी प्रदेशका समसामयिक चित्रकला, समसामयिक मूर्तिकला, परम्परगत मूर्तिकला, शिल्प हस्तकला, वास्तुकला, लोककला तथा अन्य सिर्जनात्मक कला विधीका कला राखिने छ । कला र कलाकारको पहिचान तथा तिनको महत्वलाई उजागर गर्ने यसको लक्ष्य रहेको छ । यस्तै, मौलिकताको जर्गेना, रोजगारीको सिर्जना र अर्थतन्त्रमा योगदानको लक्ष्य राख्दै प्रष्ठिानले देशव्यापी रुपमा काम गरिरहेको छ । 

 

 

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र गैडाकोट नगर प्रज्ञा प्रष्ठिानको साझा उदेश्य नेपाली ललितकला क्षेत्रको सर्वाङगीण विकासका लागी खोज अनुसन्धान, प्रशिक्षण, कार्यशाला गोष्ठी, सम्मेलन, महोत्सव, प्रतियोगिता ,प्रदर्शनी तथा कलाकारको जीवन स्तर उकास्नका  लागी विविध गतिविधि गर्ने रहेको छ । यस्तै नेपाली कलाको विकास विस्तार गरि  कलालाई राष्ट्रिया तथा अन्तराट्रिया रुपमा चिनाउने, सम्मान, कदर एवं पुरस्कार प्रदान गर्ने, समाजको सांस्कृतिक सामाजिक परिवेश मूल्य मान्यतालाई कलामा प्रस्तुत गर्ने प्रतिष्ठानको उदेश्य रहेको छ ।