विकू साकोसमा कर्मचारीहरूद्वारा ’नैतिक प्रतिज्ञा तथा शपथ’ ग्रहण,

अब हरेक तीन महिनामा नैतीक शपथ लिने

२०८२ मङ्सिर २९ सोमबार १५:४८:०० मा प्रकाशित

गैडाकोट ।विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कर्मचारीहरूलाई नैतिक प्रतिज्ञा तथा शपथ ग्रहण गराएको छ । संस्थाले सोमवार आफ्ना सम्पूर्ण कर्मचारीहरूलाई इमानदारी, नैतिकता र सदस्यमैत्री सेवाप्रति प्रतिबद्ध गराउँदै औपचारिक रूपमा नैतिक प्रतिज्ञा तथा शपथ ग्रहण गराएको हो।
कार्यक्रममा कर्मचारीहरूले वित्तीय अनुशासन कायम राख्ने, सहकारी मूल्य मान्यतालाई व्यवहारमा उतार्ने र संस्थाको हित तथा सदस्यहरूको विश्वासलाई सर्वोपरि राखेर काम गर्ने सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन्।
विकूले कार्यक्रमलाई एकदिने औपचारिकतामा सीमित नगरी हरेक तीन/तीन महिनामा नियमित रूपमा सञ्चालन गर्ने निर्णयसमेत गरेको संस्थाले जनाएको छ। यस किसिमको अभ्यासले कर्मचारीहरूलाई अनुशासन, जिम्मेवारी र पेशागत नैतिकताप्रति सचेत गराउँदै संस्थागत सुशासनलाई मजबुत बनाउने अपेक्षा लिएको संस्थाका वरिष्ठ अधिकृत मदन सापकोटाले बताउनुभयो।

 


सहकारी क्षेत्रमा देखिएका कमजोरीहरूलाई सुधार गर्दै विश्वास पुनःस्थापना गर्ने दिशामा विकूको यो अभियानमै नयाँ, सकारात्मक र अनुकरणीय अभ्यासका रूपमा हेरिएको छ। कर्मचारीलाई कर्तव्यनिष्ठ बनाउँदै संस्थागत संस्कृतिमै नैतिकता बसाल्ने यो अभियानले सहकारी आन्दोलनमा सुशासनको बलियो आधार तयार गर्ने विश्वास संस्थाले लिएको छ। नियमित रूपमा कर्मचारीलाई नैतिक पाठ सिकाउने र शपथ खुवाउने विकूको यो अभ्यास नेपालको सहकारी क्षेत्रमै एक असल अभ्यासको रूपमा रहेको छ ।


 

ताजा खबर