गैँडाकोट इङ्गलिस स्कुलमा विद्यार्थी प्रतिनिधि चुन्न निर्वाचन

२०७८ असोज २० बुधबार १७:५७:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोट इङ्गलिस स्कुलमा विद्यार्थी प्रतिनिधि चुन्न आज निर्वाचन भएको छ । असोज १२ गतेदेखि निर्वाचन प्रक्रिया शुरु गरेको विद्यालयले आज मतदान र मतगणनाको काम गरेको छ । आज भएको निर्वाचनबाट हेड ब्वाईमा निर्माण पाठक र हेड गर्लमा सेविका लामिछाने चयन भएका छन् । यस्तै रेडक्रसको अध्यक्षमा एलिसा क्षेत्री, बाल क्लबका अध्यक्षमा कृपा सुबेदी, ब्लु हाउसको क्याप्टेनमा सुवासिका रेग्मी, रेड हाउसको क्याप्टेनमा सोफिया सापकोटा, एल्लो हाउसको क्याप्टेनमा दिपिका दराई, ग्रिन हाउसका क्याप्टेनमा श्रीसा सिग्देल निर्वाचित हुनुभएको हो । विद्यालयले विद्यार्थी निर्वाचन प्रक्रियाका बिषयमा, निर्वाचनमा प्रत्यक्ष एवं परोक्ष रुपमा सहभागि हुने व्यक्तिहरुको काम, कर्तव्य र अधिकारको बारेमा बिद्यार्थीले ज्ञान हासिल गर्न टेवा पुग्ने भएकाले यस्तो कार्यक्रम गरिएको विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख, सामाजिक शिक्षक जिवन दवाडीले जानकारी दिनुभयो । 
आवाज.........
विद्यालयकी एकेडमिक कोर्डिनेटर विना कोईरालाले मतदान गरेर मतदान प्रक्रिया शुरु भएको थियो । यसरी प्रत्यक्ष रुपमा मतदान प्रक्रियामा सहभागि हँुदा विद्यार्थी खुशी देखिएका थिए । उम्मेद्ववार, मतदाता, निर्वाचन आयोगका प्रमुख, प्रतिनिधि, सुरक्षाकर्मी, पत्रकार लगायतको भुमिकामा विद्यार्थीहरु नै रहेका थिए । मतदानमा ४ कक्षादेखी १० कक्षासम्मका विद्यार्थी र शिक्षकहरुले मतदान गरेका थिए ।