मध्यविन्दु–८ गडारखोलामा बस–स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

२०८२ मङ्सिर ४ बिहीबार १३:३५:०० मा प्रकाशित

मध्यबिन्दु । मध्यबिन्दु नगरपालिका–८ गडारखोला नजिकै पूर्व–पश्चिम राजमार्गमा आज बिहान भएको बस–स्कुटर दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएको छ।

बिहान ४ ः १५ बजे नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको बा।प्र।०२–०२२प ८९५५ नं।को स्कुटरलाई बिपरित दिशाबाट आउँदै गरेको सु।प्र।०२–००१ख १३७१ नं।को बसले ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा स्कुटर चालक धादिङ, निलकण्ठ नगरपालिका–५ का २६ वर्षीय शिवजी ओस्ती गम्भीर घाइते भएका थिए। उपचारको क्रममा मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डामा बिहान ५ ः२८ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको शव सोही अस्पतालमा राखिएको छ।
स्कुटरमा पछाडि सवारी रहेकी उदयपुर गाईघाटकी २१ वर्षीया निरु शाह दाहिने खुट्टामा चोट लागेर घाइते भएको र उनको अवस्थालाई मध्यम मानिएको छ। शाहको उपचार अस्पतालमै भइरहेको छ।