नारायणी पुलमा मंसिर ५ र ६ गते राति ५ घण्टा गाडी चलाउन रोक
नारायणगढ । मंसिर ५ र ६ गते नारायणगढस्थित नारायणी पुलमा राति ५ घण्टा यातायात संचालनमा रोक लगाइने भएको छ । सडक विभागले बुधबार साँझ सूचना जारी गरेर गैंडाकोट र नारायणगढ बिचमा रहेको नारायणी नदीको पुलमा पुग्ने ९एप्रोच रोड० कालोपत्रे गर्ने कामका लागि दुई दिन राति ११ बजेदेखि बिहान ४ बजेसम्म सबै यातायातका साधन सञ्चालनमा रोक लगाउने जनाएको छ ।
विभागले ती दुई दिन पूर्वबाट नारायणगढ हुँदै बुटवलतर्फ जाने गाडी रामनगर क्षेत्रमा र बुटवल कावासोती हुँदै नारायणगढतर्फ जाने गाडी थुम्सी क्षेत्रमा रोकिने सूचनामा उल्लेख छ । महेन्द्र राजमार्ग फराकिलो बनाइरहेको चिनियाँ ठेकेदार कम्पनीले नारायणगढ र गैंडाकोटको बिचमा रहेको नारायणी नदी किनारको सडक ९गैंडाकोट तर्फको० कालोपत्रे गर्न गाडी रोक्न लागेको जनाएको छ ।
गत ७ वर्षदेखि नारायणगढ( बुटवल सडक फराकिलो पार्ने काम गरिरहेको चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिंग कर्पोरेसनले नारायणगढ( बुटवल सडक खण्डअन्तर्गत गैंडाकोटदेखि दुम्कीबाससम्म कालोपत्रे गर्ने काम सक्ने चरणमा छ ।