कावासोती-१४ सिमाना चोकमा आगलागी, ५० कठ्ठा बराबरको पराल नष्ट

२०८२ मङ्सिर १ सोमबार १७:४२:०० मा प्रकाशित

नवलपुर । नवलपुरको कावासोती नगरपालिका-१४, सिमाना चोकमा करिब १२ः४० बजे आगलागी भएको छ । गुरुदत्त ढकालको घर नजिकै रहेको एक तले टिनले छाएको गोठमा छिमेकी मिठु सुवेदीले बारीमा भुस जलाउने क्रममा अचानक आगो फैलिँदा क्षति भएको हो ।

 

आगलागीका कारण गोठमा भण्डारण गरिएका करिब ५० कठ्ठा बराबरको पराल तथा काठपात जलेर नष्ट भएको प्रहरीले जनाएको छ । घटनापछि स्थानीय बासिन्दा, दमकल तथा प्रहरीले संयुक्त रूपमा आगो नियन्त्रणमा ल्याउने काम गरेका छन् । मानवीय तथा चौपायामा कुनै क्षति नभएको र क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको बताइएको छ ।