दाउन्ने सडक खण्ड दुईतर्फी सञ्चालनमा 

२०८२ कार्तिक १७ सोमबार १३:२२:०० मा प्रकाशित

नवलपुर ।  पूर्वपश्चिम राजमार्गअन्र्तगत दाउन्ने सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ ।  बुटवल–नारायणगढ खण्ड विस्तारको क्रममा कल्भर्ट बनाउँदा वर्षा भएसँगै बाटो उकालो, चिप्लो भएर तथा गाडी बिग्रिएर दुई दिनदेखि अवरुद्ध सडक सोमबार मध्यान्हदेखि दुईतर्फी सुचारु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।