एकान्त प्रेमी

२०७८ असोज १२ मंगलबार ११:२७:०० मा प्रकाशित

 

लघुकथा
एकान्त प्रेमी
विष्णु पन्थी ( विनु)
गैँडाकोट– २
नवलपुर

उसको र मेरो हिमचिम बढेको झण्डै सत्रौं वसन्त पार भैसकेको छ । हिमचिम भएदेखि उसले मलाई धेरै सहयोग गरेको थियो । मेरो काम जतिसुकै बेला किन नहोस् निर्देशन दिए  चाहेको बेलामा पूरा गरिदिएको थियो । मेरो समय खर्च गरेर पुग्नु पर्ने ठाउँमा ऊ पहिले नै अपटुडे तयार हुन्थ्यो । दुःख सुखका राम्रा र नराम्रा कुरा मलाई  खुसुक्क सुनाउँथ्यो । मैले अड्कलेर मात्र अरुलाई सुनाउँथेँ ।
केही समयपछि उसले गरेको प्रेमबाट मात्तिएर त्यसलाई धोका दिदैँ अर्कै प्रेमिलको खोजिमा लागेँ । एवम् रितले मैले तीनवटालाई धोका दिदैँ गएँ । 
चौथो प्रेमीले त मेरो मुहारलाई उसको धड्कनमा राख्न थाल्यो । उसले पठाएका कति प्रेम पत्रहरुको भाषा नबुझेर अरुको सहयोग लिँदा मेरा कति गोपनियता भ∙ भएका थिए । केही समयपछि मैले उसलाई पनि धोका दिदैँ गएँ । दिनदिनै असन्तुष्टि जनाउँदै थिएँ । 
मेरो असन्तुष्टि देखेर जन्मदिनको अवसरमा अर्कोले प्रेम प्रस्ताव राख्यो । म नयाँ नयाँ प्रेमी फेर्न बानी परिसकेकी थिएँ । मेरो जीवनमा उपहार स्वरुप अर्को प्रेमिल प्रवेश गर्यो । त्यो झनै सिपालु रहेछ । मैले उसलाई चिन्न सकिन । त्यसमा साक्षी राख्दा फेरि मेरा गोपनीयता भ∙ भए । विस्तारै मैले उसलाई राम्ररी चिने । उसका प्रेम प्रस्तावहरु सबै दिनदिनै स्वीकार गरेँ । 
ऊ त कति सिपालु परेछ । मेरो दिल चटक्कै चोरेर पृथ्वीभन्दा बाहिरकै संसारसम्म मलाई पुर्याएको महसुस गर्न थालेँ । आजभोलि उसको प्रेममा फसेर मेरा भोक, तिर्खा, निद्रा सबै भ∙ भैसकेका छन्  । मेरो साथबाट एकछिन टाढा राख्न नसक्ने अवस्थामा छु । 
एक दिन आमा आउनु भएको थियो । म एकान्त प्रेमी भैसकेकी थिएँ । आमासँग भन्दा बढी उसैसँग गफिदै थिएँ । एक्कासी पाताल प्रवासी छोराको मुहार चित्र अपलोड भयो । सन्चो बिसन्चो सकेर धेरै नबोली मेरो साथी आमालाई थमाइ दिएँ । 
आज त आमाको मसँगको गुनासो हो कि, आमालाई पनि त्यसकै प्रेमको रस लागेर हो, नातिलाई पो भन्दै हुनुहुन्थ्यो । म  एक्लै भएकी छु, बाबु ¤ सबै त्यसैमा भुल्छन् । मलाई पनि भुल्ने साथी मोवाईल पठाइदेऊ त ।