भट्टराई कुल बन्धुहरुको गैँडाकोट नगर समिति गठन
गैँडाकाेट,८ कार्तिक / भट्टराई कुल वंश प्रतिष्ठान नवलपुरको आयोजनामा गैँडाकोट नगरपालिका भित्रका भट्टराई बन्धुहरुको मिलन परिचय, भेटघाट तथा नगर समिति गठन कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
सो भेटघाट कार्यक्रम सँगै भट्टराई कुल बन्धु प्रतिष्ठान गैँडाकोट नगर समिति गठन गरिएको छ । नव गठित समितिको अध्यक्षमा मदन भट्टराई, उपाध्यक्षमा पुष्कल भट्टराई, सचिवमा कृष्ण भट्टराई, कोषाध्यक्षमा रामचन्द्र भट्टराई, सह सचिवमा घनश्याम भट्टराई र सदस्यहरुमा गोपाल भट्टराई, चूडेश्वर भट्टराई, रोशन भट्टराई, चयन हुनुभएको छ । तीन जना सदस्य कार्यसमितिले मनोनयन गर्ने सचिव कृष्णराज भट्टराईले जानकारी दिनुभयो । सल्लाहकार संयोजकमा विश्वनाथ भट्टराई, सदस्यमा सुरेन्द्रराज भट्टराई, केशवराज भट्टराई, ऋषिराम भट्टराई र मणिराम भट्टराई चयन हुनुभएको छ ।
कार्यक्रममा प्रमुख अतिथि भट्टराई कुल बंश प्रतिष्ठान केन्द्रिय सदस्य देवराज भट्टराई, विशिष्ठ अतिथि शिवप्रसाद भट्टराई ,केन्द्रिय सल्लाहकार सदस्य नारायणप्रसाद भट्टराई, प्रदेश सदस्य जगतप्रसाद भट्टराई, जिल्ला अध्यक्ष यज्ञप्रसाद भट्टराईले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
मदन भट्टराईको संयोजकत्व र विश्वनाथ भट्टराईको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा नेपाल राष्ट्रिय शंसेर माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक कृष्ण भट्टराईले स्वागत मन्तव्य राख्नुभएको थियो ।