जनक नमुना मा.वि.मा शैक्षिक विशेष कार्यक्रम सम्पन्र, एकहजार भन्दा बढी विद्यार्थीहरु लाभान्वित
2025-10-13-05-52-04.jpeg)
गैंडाकोट । गैंडाकोटको जनक नमुना मा.वि.मा शैक्षिक विशेष कार्यक्रम सम्पन्र भएको छ । कक्षा ५ देखि कक्षा १० सम्मका विद्यार्थीहरुको शैक्षिक अवस्था थाहा पाउन भन्दै विद्यालयले उक्त कार्यक्रम सञ्चालन गरेको विद्यालयका प्रधानाध्यापक वुद्धिसागर पण्डितले जानकारी दिनुभयो । विद्यालयले विद्यार्थीहरुलाई स्वरुपान्तरणमा सहयोग गरी विद्यार्थीहरुको चौतर्फी विकास गर्न कार्यक्रम फलदायी हुने सो कार्यक्रमका संयोजक नारायण प्रसाद तिवारीले बताउनुभयो । करीब ४ घण्टा लगाएर विद्याथीहरुको शैक्षिक अवस्थाको बारेमा मापन गरिएको थियो ।
विद्यार्थीहरुलाई थप जिम्मेबार बनाई अनुशासित र लगनशील विद्यार्थी उत्पादनमा कार्यक्रम कोशेढुङ्गा सावित हुने विद्यालयका अंग्रेजी माध्यमका संयोजक हिमालदेव पंगेनीले बताउनुभयो । विद्यालयका करीब १२ सय भन्दा बढी विद्यार्थीहरुकोे उत्साहपूर्ण सहभागितामा भएको सो कार्यक्रममा विद्यालयका शिक्षकहरुको प्रत्यक्ष निगरानी रहेको विद्यालयका शिक्षक दिपक ढुङ्गानाले बताउनुभएको छ । विभिन्न शैक्षिक कार्यक्रमहरुको आयोजना गर्दै आएको यस विद्यालयले आगामी दिनमा पनि यो कार्यक्रमलाई निरन्तरता दिने विद्यालयका सुचना अधिकारी देवेन्द्रराज तिवारीले जानकारी दिनुभएको छ ।