गैंडाकोटमा भएको निशुल्क आँखा शिविरबाट २ सय ८२ जना लाभान्वित

गैंडाकोट । गैंडाकोटमा एकदिने बृहत निःशुल्क आँखा शिविर भएको छ । गैंडाकोट वार्ड नम्बर ६ वडा कार्यालयको आयोजनामा सोमवार भएको शिबिरमा २ सय ८२ जनाले सेवा लिएका छन् । शिविरमा ३६ जनामा मोतीविन्दुको समस्या देखिएकाले उनीहरुलाई निःशुल्क शल्यक्रियाका लागि भरतपुर आँखा अस्पताल पठाइएको छ ।
कार्यक्रममा गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले वडावासीको लागि ६ नम्बर वडाले धेरै राम्रो काम गरिरहेको बताउनु भयो । नगर प्रमुख अधिकारीले स्वास्थ्यको हिसाबले महत्वपुर्ण आँखाको चेकअप सबैले समय समयमा गराउनुपर्ने बताउनुभयो ।
आँखा शिविरमा आँखा सम्बन्धित चेकजाँच तथा परामर्श सेवा दिएको वडा अध्यक्ष सुभाष चापागाईले बताउनुभयो । त्यस्तै, आँखा शिविरमा आवश्यकताअनुसार औषधी वितरण गरिएको वडा अध्यक्ष चापागाईले जानकारी दिनुभयो ।
त्यस्तै, आँखा शिविरमा मोतियाबिन्दु, जलबिन्दु भएका, आँखामा मासु पलाएका तथा परेला फर्किएका र विगतमा छनोट भएका बिरामीहरूको निःशुल्क शल्यक्रिया गरिने शिविरका संयोजक एवं लायन्स क्लब अफ गैंडाकोटका पूर्व अध्यक्ष लायन गोविन्द सुवेदीले जानकारी दिनुभयो ।
लायन्स क्लब अफ गैंडाकोटका अध्यक्ष लायन अर्जुन सापकोटाले सामाजिक काममा लायन्स क्लब अगाडि नै रहेको बताउदै यो आँखा शिबिरमा धेरै जना लाभान्वित भएको बताउनुभयो ।
भाग्योदय आधारभूत विद्यालय परिसरमा भएको कार्यक्रममा लायन्स क्लब अफ गैंडाकोटको संयोजन रहेको थियो भने भरतपुर आँखा हस्पिटलको प्रविधि सहयोग रहेको थियो ।
लायन्स क्लब ३२५ आर का प्रथम भाइस डिस्ट्रिक गर्भनर लायन प्रभाकर पण्डित, सिनियर डिष्ट्रीक डिपार्टमेन्ट कोअडिनेटर लायन राजेन्द्र गौतम,नेत्ररोग विशेषज्ञ डा.सुवास सापकोटा लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रममा डिष्ट्रीक डिपार्टमेन्ट कोअडिनेटर लायन गोपालप्रसाद गौतम, एडिस्नल क्याबिनेट सेक्रेटरि देशबन्धु सिग्देल, लायन्सकर्मीहरु भरतपुर आँखा अस्पतालका प्राविधिकहरु, वडा सदस्यहरु चन्द्र बहादुर बिश्वकर्मा, पबित्रा अधिकारी, कल्पना परियार, समाजसेवीहरु लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सहजीकरण लायन्स क्लब अफ गैंडाकोटको प्रथम उपाध्यक्ष लायन प्रमिला सापकोटाले गर्नुभएको थियो ।आँखा शिविरमा आँखाको जाँच गराउन वडावासीहरूको बाक्लो उपस्थिती रहेको थियो । जसमा जेष्ठ नागरिकहरुको संख्या उल्लेख्य रहेको थियो ।