अक्सफोर्ड कलेजमा दशैं शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

गैडाकोट । अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ्ग एण्ड म्यानेजमेन्टले दशैं शुभकामना आदानप्रदान तथा बिदाइ कार्यक्रम गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष नारायण भण्डारीले सबैमा दशैँको शुभकामना दिदैँ शैक्षिक क्षेत्रमा छाप बनेर अक्फोर्ड सदैब अगाडी बढ्ने बताउनुभयो । सो कार्यक्रममा स्व. रामप्रसाद चंचल र सहिदहरूको सम्झना गरिएको थियो।
कार्यक्रममा विभागीय प्रमुख तथा कर्मचारी प्रतिनिधिहरूले दशैं पर्वलाई केवल पर्वको रूपमा मात्र नभई सत्य, धर्म र सदाचारको विजयको रूपमा आत्मसात् गर्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा प्रा. डा. बसन्त अधिकारी, प्लस टु म्यानेजमेन्ट विभाग प्रमुख हरि प्रसाद थपलिया, एचओडी इङ्लिसका देवीलाल जोशी, विविए विभाग प्रमुख सुशान्त तिवारी, विएचएम विभाग प्रमुख केष्मा पौडेल, इन्जिनियरिङ्ग विभागका ए.एन. भण्डारी, विविए, तर्फ नवराज गौतम, प्लस टु तर्फ लक्ष्मी बराल र कर्मचारी प्रतिनिधि तिलक मल्लले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।
विविए विभागका सहायक विभागीय प्रमुख आकाश घिमिरेलाई उच्च अध्ययनका लागि अष्ट्रेलिया प्रस्थान गर्न लाग्नुभएको अवसरमा बिदाइ गरिएको थियो।
उप–प्राचार्य कृष्णहरि पौडेलले धार्मिक नीति–कथा प्रस्तुत गर्दै दशैंलाई सत्य, धर्म, धैर्य र आत्मसंयमको प्रतीकका रूपमा रहेको बताउनुभयो । समापन मन्तव्यमा प्रा. डा. इन्जिनिएर हरि भण्डारीले शिक्षक, विद्यार्थी र कर्मचारीलाई सत्य, सदाचार र आत्मीयताको बाटोमा अघि बढ्न प्रेरित गर्दै दशैंको शुभकामना व्यक्त गर्नुभयो। उप–प्राचार्य कृष्णहरि पौडेलले कार्यक्रम सञ्चालन गर्नुभयो भने बीई कार्यक्रम संयोजक भीम भण्डारीले स्वागत मन्तव्य प्रस्तुत गर्नुभयो।