गैँडाकोटमा १५ दिने मगर भाषा अक्खा लिपि प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्र

२०८२ असोज २ बिहीबार १४:०५:०० मा प्रकाशित

गैँडाकोटमा १५ दिने मगर भाषा अक्खा लिपि प्रशिक्षण तालिमको आज सम्पन्र भएको छ । गैँडाकोट नगरपालिकाको समन्वय तथा नेपाल मगर संघ नगर समिति गैँडाकोट, नवलपरासीको आयोजनामा तालिम कार्यक्रम भएको थियो । किसान साकोस विजयनगर सेवा केन्द्र, गैँडाकोट–८ मा भइरहेको तालिममा मातृभाषा मार्फत मगर समुदायको धर्म, संस्कृति, भेषभूषा र पहिचान जर्गेना गर्ने उद्देश्य राखी कार्यक्रम गरिएको हो ।

कार्यक्रमको प्रुमख आतिथि गैडाकोट नगरपालिकाका शिक्षा विकास शाखा अधिकृत राम प्रसाद, अधिकारीले आफ्नो मगर भाषा लिपिलाई मौलिक रुपमा हस्तान्तरण गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले तालिमले भाषा र लिपिको संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । आगामी दिनमा नगरपालिकाले मगर संघलाई सक्दो सहयोग गर्ने बताउनु भयो ।

कार्यक्रमका विशेष अतिथि नेपाल मगर संघ तमुवान मगरात गण्डकी प्रदेश कोषाध्यक्ष उत्तम बकाबाल मगरले मगरहरुको भाषा धर्म र संस्कृतिको बारेमा प्रशिक्षण तालिमहरु संचालन गरि आफ्नो पहिचानलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पु¥याउन सकिने धारणा राख्नुभयो । उक्त कार्यक्रममा नेपाल मगर संरक्षण समिति गैँडाकोटका अध्यक्ष दुर्गाबहादुर पुन मगरले मगरहरुको पहिचान लाई जोगाउन सबै मगर समुदायलाई एक भएर लाग्नुपर्ने बताउनुभयो ।

तालिमका मुख्य प्रशिक्षक तथा नेपाल मगर लेखक संघ गण्डकी प्रदेशका अध्यक्ष खडक पामी आले मगरले सहभागीहरुलाई मगर भाषालाई अक्खा लिपिमा लेख्ने, पढ्ने र नेपाली भाषाबाट रूपान्तरण गर्ने तरिका सिकाइरहेको जानकारी दिनुभयो ।कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ मगर संघ जिल्ला समिति नवलपुरका उपाध्यक्ष दुर्गा बहादुर मसराङ्गी मगर र एम्स एब्बोर्ड एजुकेशनका सिइओ कृष्ण कंडेलले शुभकामना मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण नेपाल मगर संघ नगर समिति गैंडाकोटका सचिव भद्रकली घर्तिमगरले गर्नुभएको थियो ।