वर्षासँगै पहिरो खस्दा महकाली राजमार्ग अवरुद्ध

२०८२ भदौ ३१ मंगलबार १२:३४:०० मा प्रकाशित

बैतडी । वर्षासँगै पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ । स्थानीय शेरसिंह कार्कीका अनुसार राजमार्गअन्तर्गत दोगडाकेदार–५ सलसेनास्थित साजाधारमा आज बिहान वर्षापछि सडक माथिबाट ठूलो पहिरो खस्दा सवारी आवागमन पूर्ण रुपमा अवरुद्ध भएको हो ।

 

राजमार्ग अवरुद्ध हुँदा महेन्द्रनगर, धनगढी, काठमाडौँका साथै सदरमुकामसँगको सडक सम्बन्ध टुटेको र अहिलेसम्म यात्रुहरु बीच बाटोमै रोकिनु परेको छ । यसैबीच अवरुद्ध जयपृथ्वी राजमार्ग भने सञ्चालनमा आएको छ । खोड्पे–बझाङ सडकखण्डको मुस्याखानमा पहिरो खस्दा अवरुद्ध राजमार्ग सञ्चालन आएको जिल्ला प्रहरीका प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो ।