भारतमा गाडी दुर्घटना हुँदा ४ नेपालीको मृत्यु, २ जना घाइते

२०८२ भदौ ३१ मंगलबार १२:११:०० मा प्रकाशित

काठमाडौं । भारतको हिमाञ्जल प्रदेश, सिमला जिल्लाको कोटखाई नजिक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा सल्यानको कुमाख गाउँपालिका-४ का ५० वर्षीय डिल्लीबहादुर शाही, ३६ वर्षीय एकेन्द्र शाही, २६ वर्षीय लक्ष्मी मल्ल शाही र ३३ वर्षीय राजेश विष्ट रहेका छन् ।दुर्घटनामा नवराज शाही र हिमबहादुर शाही घाइते भएका छन् । घाइते भएका दुई जनालाई उपचारपछि कोटखाई स्वास्थ्य केन्द्रबाट डिस्चार्ज गरिएको छ । तीन जना मृतक एकै परिवारका हुन् ।

 

प्रारम्भिक अनुसन्धान अनुसार चालकले नियन्त्रण गुमाउँदा पिकअप जिप भीरमा खसेको थियो । भारतीय पत्रिका द हिन्दुस्तान टाइम्सका अनुसार घटनापछि भारतीय दण्ड संहिता (भारतीय न्याय संहिता) को धारा १०६ अन्तर्गत लापरबाहीका कारण मृत्यु हुने कसुरमा मुद्दा दर्ता गरेर थप अनुसन्धान भइरहेको डीएसपी सिद्धार्थ शर्माले जानकारी दिनुभयो ।  

शवलाई पोस्टमार्टमका लागि पठाइएको छ । मृतकका परिवारलाई खबर गरिएको प्रहरीले जनाएको छ ।