आज हरिपरिवर्तीनी एकादशी

हरिपरिवर्तिनी एकादशीलाई जयन्ती एकादशी र वामन एकादशी पनि भनिन्छ । पापहरुको नाश गर्न यस एकादशीको ब्रत भन्दा ठुलो अरु कुनै उपाय नभएको शास्त्रीय मान्यता रहेको छ । हरिपरिवर्तिनी एकादशीमा निष्ठापूर्वक व्रत लिनाले वाजपेय यज्ञको फल प्राप्त हुने विश्वास छ ।पौराणिक कथन अनुसार भदौ महिनाको शुक्लपक्ष एकादशीको नाम हरिपरिवर्तिनी एकादशी हो । आषाढ शुक्ल हरिशयनी एकादशीमा सुत्नु भएका भगवान बिष्णुले निन्द्रा अवस्थामा कोल्टेफेरेको दिन भएकाले यस एकादशीलाई हरिपरिवर्तिनी एकादशी भनिएको हो । शेषनागकोपिठ्यूँमा यसै एकादशीका दिन कोल्टे फेरेका कारण तीनै लोकका स्वामी भगवान विष्णुकोआज पूजा गरिन्छ । पूजापछि ताँबो, चाँदी, चामल र दही दान गरिन्छ ।
आजको बार बेला ।
बिहान ५ बजेर ४४ मिनेटसम्म अमृत लाभ बेला ।
बिहान ५ बजेर ४५ मिनेटदेखि बिहान ७ बजेर १८ मिनेटसम्म अमृत बेला ।
बिहान ७ बजेर १९ मिनेटदेखि बिहान ८ बजेर ५३ मिनेटसम्म काल बेला ।
बिहान ८ बजेर ५४ मिनेटदेखि बिहान १० बजेर २८ मिनेटसम्म शुभ बेला ।
बिहान १० बजेर २९ मिनेटदेखि बिहान १२ बजेर २ मिनेटसम्म रोग बेला ।
मध्यान्ह १२ बजेर ३ मिनेटदेखि दिउसो १ बजेर ३७ मिनेटसम्म उद्वेग बेला ।
दिउसो १ बजेर ३८ मिनेटदेखि दिउसो ३ बजेर ११ मिनेटसम्म चर बेला ।
दिउसो ३ बजेर १२ मिनेटदेखि बेलुकी ४ बजेर ४६ मिनेटसम्म लाभ बेला ।
बेलुकी ४ बजेर ४७ मिनेटदेखि बेलुकी ७ बजेर ४६ मिनेटसम्म उद्वेग बेला ।
नोट: शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
मध्यान्ह १२ बजेर २ मिनेटदेखि दिउसो १ बजेर ३६ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट: राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।