सडकमा घाइते भेटिएका पुरुषको उपचारको क्रममा मृत्यु

२०८२ भदौ ९ सोमबार १३:३५:०० मा प्रकाशित

नवलपुर। नवलपुरको गैँडाकोटमा सडककोबीच भागमा लडिरहेको अवस्थामा फेला परेका एक पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । गैंडाकोट नगरपालिका वडा नम्वर- ८ मौलाकालिका होटल अगाडि पुर्वपश्चिम राजमार्गमा सोमबार विहान घाइते अवस्थामा भेटिएका पुरुषको उपचारको लागि भरतपुर सरकारी अस्पताल लगिएको र चिकित्सकले मृत घोषणा गरेको नवलपुर प्रहरीले जनाएको छ।


घटनास्थलमा सिसाको स–साना टुक्राहरु समेत फेला परेकोले सवारी साधनले ठक्कर दिएको जस्तो देखिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मृतक नवलपुरको गैँडाकोट नगरपालिका वडा नम्वर-९ थुम्सी निवासी ७४ वर्षीय रत्नबहादुर पौडेल रहेको भनि निजको भान्जा नाता पर्ने कर्ण बहादुर रानाले सनाखत गरेको प्रहरीले जनाएको छ।