‘तीजको लहर आयो गाउँ शहर’ : सहसचिव पंगेनीको नयाँ तीज गीत सार्वजनिक

२०८२ श्रावण २५ आइतबार ०८:२०:०० मा प्रकाशित

काठमाडौँ । सहसचिव मनमाया पंगेनीले आफ्नो नयाँ तीज गीत ‘तीजको लहर आयो गाउँ शहर’ सार्वजनिक गर्नुभएको छ । पंगेनीकै शब्दमा तयार भएको यस गीतलाई उदियमान गायक तथा संगीतकार दीपकराज विश्वकर्माले संगीत भर्नुभएको छ । 

 

गीतमा स्वर मनमाया पंगेनी र दीपकराज विश्वकर्माले संयुक्त रूपमा दिएका छन्। भिडियोमा पंगेनी स्वयं र शिव पंगेनीको अभिनय देख्न सकिन्छ। गाउँदेखि शहरसम्मको तीजको उत्साह र उल्लासलाई समेट्दै तयार पारिएको यस गीतमा परम्परागत नृत्य, भेषभूषा र तीजको सांस्कृतिक रौनकलाई विशेष रूपमा प्रस्तुत गरिएको छ।

 

मनमाया पंगेनीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यो गीत २०८२ सालको तीजलाई लक्षित गर्दै तयार पारिएको हो। मौलिक र भावपूर्ण सिर्जना भएकाले ‘तीजको लहर आयो गाउँ शहर’ छोटो समयमा नै सबैको मनमा बस्ने विश्वास लिइएको छ।