नन्दन सामुदायिक वन उपभोक्ता समूह गणेशमान सिंह राष्ट्रिय पुरस्कारबाट सम्मानित

नवलपुर । नन्दन सामुदायिक वन उपभोक्ता समूह गणेशमान सिंह राष्ट्रिय पुरस्कारबाट सम्मानित हुने भएको छ ।
गैडाकोटको नन्दन सामुदायिक वनले गणेशमान सिंह राष्ट्रिय पुरस्कारमा चौथौँ स्थान हासिल गरेको वनका अध्यक्ष हरिमाया अधिकारीले जानकारी दिनुभयो । देशभरका २३ हजारभन्दा बढि सामुदायिक वनमध्येबाट नन्दन सामुदायिक वनले चौथो स्थान हासिल गर्न सफल भएको हो । यहि साउन २६ गते काठमाण्डौँमा एक विशेष समारोहकाबिच गणेशमान राष्ट्रिय पुरस्कारबाट सम्मानित गर्ने जानकारी गराइएको छ ।
डिभिजन वन कार्यालय नवलपुरका प्रमुख बसन्त केशव अधिकारीले देशभरका २३ हजारभन्दा बढि सामुदायिक वनमध्येबाट नन्दन सामुदायिक वनले चौथो स्थान हासिल गर्नु गौरवको विषय भएको बताउनुभयो । उहाँले सिमसार क्षेत्र संरक्षण, वन संरक्षण र उपभोक्तालाई जिवीकोपार्जन र महिला शसक्तिकरणमा उल्लेखनिय काम गर्न सकेर मात्रै सम्मानित भएको बताउनुभयो । उहाँले आगामी दिनमा अझै सफल हुनका लागि शुभकामना दिनुभयो ।
वनको क्षेत्रफल ४ सय ३५ हेक्टर रहेको छ । वनले उपभोक्तामैत्री बन्दै वनसंरक्षणमा महत्वपूर्ण भुमिका खेलेको छ ।