आजको मौसम कस्तो रहला ?

२०८२ श्रावण १९ सोमबार १३:०२:०० मा प्रकाशित

काठमाण्डौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराई नजिक अवस्थित छ ।


आज दिउँसो - गण्डकी तथा बागमती प्रदेशका हिमाली तथा तराई क्षेत्रमा  साधारणतया बदली रही धेरै स्थानमा मेघगर्जन, चट्या∙सहित मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेशका पहाडी क्षेत्रमा साधारणतया बदली रही धेरै स्थानमा मेघगर्जन, चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै, कोशी प्रदेश, मधेश प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
  
आज राती - गण्डकी तथा बागमती प्रदेशका हिमाली क्षेत्रमा साधारणतया बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ । पहाडी तथा तराई क्षेत्रमा साधारणतया बदली रही केही स्थानहरुमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । त्यस्तै, कोशी प्रदेश, मधेश प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।