विकू साकोसले शनिबार चार शाखाबाट रक्तदान कार्यक्रम गर्दै

२०८२ श्रावण १६ शुक्रबार १७:४५:०० मा प्रकाशित

गैंडाकोट । विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले भोलि शनिबार रक्तदान कार्यक्रम गर्ने भएको छ ।

विकू बचत तथा ऋण सहकारी संस्थाको ३५औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्न लागेको विकू साकोसका अध्यक्ष प्रेमप्रसाद सापकोटा (राजु)ले जानकारी दिनुभयो ।

विकू साकोसले शनिबार बिहान ८ बजेदेखि रक्तदान कार्यक्रम सुरु गर्नेछ । विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शरद गौरी सेवा केन्द्र परिसर भरतपुर ९ धारेचोक, कावासोती सेवा केन्द्र परिसर कावासोती ३ हल्चोक दलदले सेवा केन्द्र परिसर देवचुली १३ दलदले चोक र विजय विकास स्रोत केन्द्र परिसर गैंडाकोट ८ नवलपुरमा पनि रक्तदानको कार्यक्रम हुनेछ ।

विकू  बचत तथा ऋण सहकारी संस्था लिमिटेडका चारैवटा शाखाबाट हुने यस कार्यक्रममा सहभागी भई रक्तदान गरिदिनुहुन साकोसले आग्रह गरेको छ । रगतको आपूर्तिलाई सहज बनाउनका लागि र बिरामीले सहज रगत पाउनुपर्छ भन्ने उद्देश्यले यो कार्यक्रम गरिएको पनि विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष सापकोटाले बताउनुभयो ।