छोरीलाई भेट्न गएका बुबा मृत भेटिए

भरतपुर । चितवनमा एक जना पुरुष मृत भेटिएका छन् । कालिका नगरपालिका ९ शक्तिखोर जंगलमा राप्ती नगरपालिका ११ का ५७ वर्षिय कृष्णबहादुर प्रजा मंगलबार साँझ मृत भेटिएका हुन् । कालिका नगरपालिका ९ शक्तिखोर बस्ने छोरीलाई भेट्न असार २८ गते घरबाट हिडेका उनी सम्पर्कमा नआएपछि परिवार र आफन्तले खोजी गर्न थालेका थिए ।
प्रजाको शव सडेगलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका सुचना अधिकारी रविन्द्र खनालले जानकारी दिनुभयो । प्रहरीले स्थानीय जनप्रतिनिधिको रोहबरमा शव आफन्तलाई बुझाएको जनाएको छ।।